३० मंसिर, काठमाडौं । काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग निर्माण गरिरहेको नेपाल पूर्वाधार विकास कम्पनीले संस्थापक शेयरधनीका लागि अग्राधिकार शेयर जारी गरेको छ ।

वाषिर्क १० प्रतिशतका दरले प्रतिफल प्राप्त हुने गरी अग्राधिकार शेयर जारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शेयरधनीहरुले चुक्ता गरेको शेयर संख्याको शतप्रतिशत सम्म हुने गरी अग्राधिकार शेयर जारी गरिएको हो ।
अग्राधिकार शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले पुस १६ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय टे्रेड टावर थापाथली र शाखा कार्यालयहरु मकवानपुरको हेटौंडास्थित ओमभवन, मकवानपुरकै सिस्नेरीमा सम्पर्क राख्न आग्रह गरेको छ ।
No comments:
Post a Comment
Comment