Friday, April 13, 2018

सिभिल इन्जिनियर (सुरक्षित विद्यालय प्रबर्द्धन परियोजना)

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाबाट सिन्धुली जिल्लामा सञ्चालित “सुरक्षित विद्यालय प्रबर्द्धन परियोजना” का लागि तपशिलमा उल्लेखित कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रितपूर्वक दरखास्त आव्हान गरिन्छ । 
तह: छैंठौं
पद: परियोजना संयोजक
सेवा/सङ्ख्या: प्राविधिक/१ (एक) 
परीक्षा विवरण/दस्तुर: लिखित तथा अन्तर्वाता रु.५००।–
उमेर: २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको 
न्यूनतम शैक्षिक योग्यता: सिभिल इञ्जिनियरिङ विषय लिइ स्नातक उत्तिर्ण  
वाञ्छनीय योग्यता:
  • नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको हुनुपर्नेछ ।
  • सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुमा इन्जिनियर भई कम्तिमा २ वर्ष कार्य अनुभव भएको
  • सुरक्षित विद्यालय सम्बन्धी ज्ञान भएको
  • भवन निर्माण सम्बन्धि दक्षता र अनुभव भएको,
  • नेपाल सरकारको भवन निर्माण संहिता सम्बन्धि राम्रो ज्ञान भएको
  • मोटरसाइकल चालक प्रमाण–पत्र प्राप्त गरेको हुनुपर्नेछ 
दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरु:
  • शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • ब्यक्तिगत विवरण (Bio-data) दुई जनाको सिफारिस सहित 
  • दरखास्त दिने अन्तिम मिति र स्थान: सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा वा जिल्ला शाखाको इमेल ठेगाना nrcs.sindhuli68@gmail.com  मा पनि पठाउन सकिने छ । म्याद नाघी आएको र रित नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । 
छनौट प्रक्रियाः 
  • विज्ञापन गरिएका पदहरुमा सूची–संक्षेपीकरण (Short Listing) गरिनेछ । सूची संक्षेपीकरणबाट छानिएका उमेद्वारहरुलाई फोन मार्फत लिखित परिक्षा लागि सम्पर्क गरिनेछ । लिखित परिक्षामा उत्तिर्ण भएका उमेद्वारलाई अन्तर्वातामा सामेल गरिने छ । 
  • परिक्षामा सामेल हुनका लागि छनौट भएका उमेद्वारहरुले सक्कल शैक्षिक योग्यताको प्रमाणपत्र साथै तोकिएको परिक्षा दस्तुर पेश गर्नुपर्ने छ । 
  • तलव, भत्ता तथा अन्य सेवा सुविधा र शर्त नेपाल रेडक्रस सोसाइटीको नियमानुसार तथा परियोजनामा व्यवस्था भएबमोजिम हुनेछ ।
अन्य जानकारीका लागि :
सम्पर्क नं: ०४७–५२०१२०, ०४७–५२०९२०

No comments:

Post a Comment

Comment